काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । दोस्रो तहका नेताहरुको पहलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुन लागेको हो ।
सम्भवतः आजै दुई नेताबीच भेटवार्ता हुनसक्ने बताइएको छ । यद्यपि, भेट्ने समय र स्थान भने तय भइसकेको छैन । नेकपा एमालेको आज सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी विवादमा माधव पक्षले गरेको गल्तीमा क्षमा दिन सकिने निर्णय गरेलगत्तै भेटघाटको तयारी थालिएको बताइएको छ ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको खातिर बाटो बिराएका नेतालाई क्षमा दिने निर्णय गरको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई पार्टी एकताको प्रयासमा निरन्तर छलफल भइरहेकाले कारबाही नहुने उनले संकेत गरे । माधव नेपालसहित केही सांसदले प्रस्टीकरण दिएका छन् ।
FACEBOOK COMMENTS