काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् ।
बुधबार दिउँसो राष्ट्रपति निवासमै पुगेर प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेकी हुन् ।
भेटमा फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सरकारले निर्वाचनलाई लक्षित गरेर केही अध्यादेश ल्याउने तयारी गरेको बताइएको बेला प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेकी छन् ।
FACEBOOK COMMENTS