काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरिएको छ ।
अचानक राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएको छ ।
उनमा टाउको दुख्ने र वान्ता हुने समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ । ’अवस्था स्थिर छ । थप परीक्षणका लागि अस्पतालमै भर्ना गरेर राखेका छौं,’ स्रोतले भन्यो ।
गत भदौ २३ र २४को जेन–जी प्रदर्शनपछि सेनासँगको छलफल र त्यसपछिका वार्ता लगायतमा संलग्न जेन–जीहरु शीतलनिवास पुगेका थिए । छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसमेत सहभागी थिइन् ।
FACEBOOK COMMENTS