काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ।
अध्यक्ष दाहालले आज राष्ट्रपति निवास पुगेर भेट गरेका हुन्। भेटमा समसामयिक विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
अध्यक्ष दाहालले राष्ट्रपति पौडेललाई टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुन जान लागेको समेत जानकारी गराएका थिए।