नेपालका लागि अस्ट्रेलियाका राजदूत एचई एमएस लिन जोन्स्टनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।
उनले राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसमक्ष बुधबार शिष्टाचार बिदाइ भेट गरेका हुन् ।
भेटमा नेपाल र अस्ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो ।
साथै, राष्ट्रपति पौडेलले राजदूत जोन्स्टनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।


FACEBOOK COMMENTS