काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। खनाल आज शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेट गरेका हुन्।
करिब एक घण्टा चलेको छलफलमा आगामी निर्वाचनका लागि आवश्यक पूर्वाधार, शान्तिसुरक्षा व्यवस्था र तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको खनालको सचिवालयले जनाएको छ ।
सचिवालयले भनेका छ, ‘गत भदौ २३ र २४ गते भएको दुबै प्रकारका घटनाहरूको बारेमा र त्यसका कारणहरुको बारेमा छलफल भयो।एउटा बाध्यात्मक परिस्थितिमा अहिलेको सरकार बनेको र अब यसको प्रमुख दायित्व निर्वाचन गराउनु रहेको पनि छलफलमा जोड रह्यो।’
छलफलमा निर्वाचनको कुनै विकल्प नभएको उल्लेख गर्दै, निर्वाचनका लागि आवश्यक पूर्वाधार तयारी, सबै राजनीतिक दल र सरोकारवालाबीच सहमति कायम गरी निर्वाचन सम्पन्न गरेर मुलुकलाई नयाँ निकास दिनुपर्नेबारे पनि छलफल भएको जनाइएको छ ।
राष्ट्रपतिले पनि आगामी २१ फागुनमा निर्वाचन गरिनुपर्नेमा आफ्नो जोड रहेको बताएका थिए। भेटका क्रममा राष्ट्रपतिले खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए।

FACEBOOK COMMENTS