काठमाडौँ । जापान भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच शिष्टाचार भेट सम्पन्न भएको छ ।
मंगलबार टोकियोस्थित इम्पेरियल प्यालेसमा भएको भेटका क्रममा नेपाल–जापानबीचको ऐतिहासिक मित्रता, आपसी सहकार्य तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार विमर्श भएको जनाइएको छ ।
राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा शनिबार राति जापान प्रस्थान गरेका थिए ।
राष्ट्रपति पौडेलले आजै जापानका प्रधानमन्त्री सनई ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते सोही स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
FACEBOOK COMMENTS