काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलभमेन्ट विषयक कार्यक्रममा सहभागी हुन पौडेलको नेतृत्वमा कात्तिक १७–२० सम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार,राष्ट्रियसभामा रिक्त पदको निर्वाचन माघ ११ गते गर्ने निर्णय भएको बताए ।
FACEBOOK COMMENTS