काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन् ।
अर्का प्रत्यासी नवीन रिजाललाई पराजित गर्दै राउत निर्वाचित भएका हुन् । विराटनगरमा आइतबार सम्पन्न महासंघको ८औँ सभाबाट राउतले रिजाललाई ८४ मतले पराजित गरे ।
राउतले १४२ मत प्राप्त गर्दा रिजाल ५८ मत पाए । राउतले वस्तुगत तर्फ ११ मत पाएका थिए भने रिजालले ६ मत पाए । जिल्ला–नगर संघबाट राउतले २४ मत पाए भने रिजालले १३ मत पाए । ।
एसोसिएटतर्फ राउतले १०७ मत पाए भने रिजालले ३९ मत पाए । कोशी प्रदेशको नयाँ कार्यसमितिमा जिल्ला नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फको उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स तर्फका उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भए ।
एसोसिएट्स सदस्यमा देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भए । जिल्लानगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भए भने वस्तुगततर्फ सुवास आचार्य र दीपक पाण्डे विजयी भए ।
