काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा राम शाह पथस्थित सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिएको छ ।
पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री सुशीला कार्की सिंहदरबार पुगेका थिए ।
उनीहरूले पृथ्वीनारायण शाह प्रति सम्मान अर्पण गर्दै शालिकमा माल्यार्पण गरेका थिए । हरेक वर्ष पृथ्वी जयन्तीका दिन राष्ट्रप्रमुखसहित उच्च पदस्थहरू पृथ्वी नारायण शाहप्रति सम्मान प्रकट गर्दै आएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले सोही अवसरमा आज चियापान कार्यक्रम राखेको छ ।


FACEBOOK COMMENTS