पोखरा मंसिर २६, प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । राष्ट्रिय भेलाले दिएको म्याण्डेटअनुसार चौतारीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले एक विज्ञप्ती जारी गर्दै संशोधित विधानअनुसार २ सय ४९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको जनाएका छन् । कास्कीबाट केन्द्रीय कमिटिमा १० जना परेका छन् । श्याम कुँवर र जमुना वर्षा शर्मा केन्द्रीय सदस्य निर्वाचित भएकाेमा यसअघि सुष्मा पौडेल र रुद्र श्रीष मगर मनोनित भएका थिए । अहिले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।
हरि बाँस्तोला, माधव बराल, राम्जीप्रसाद लम्साल, एमबी आस्था मगर, दीपेन्द्र श्रेष्ठ र खेम सारु मगरलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हाे । बास्तोला र कुँवर प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष र बराल निवर्तमान अध्यक्षसमेत हुन् । कुँवर अहिले गण्डकी प्रदेश सहइञ्चार्ज र पाैडेल प्रदेश अध्यक्षकाे जिम्मेवारीमा छन् । यस्तै, श्रीष प्रदेश महासचिव हुन् ।
केन्द्रीय कमिटीका सबै आगामी महाधिवेशनमा प्रतिनिधि हुने व्यवस्था छ । भेलाले विधान संशोधन गर्दै २७ सदस्यीय पदाधिकारीसहित २४९ सदस्यीय केन्द्रीय कमिटी कायम रहने व्यवस्था गरेकाे थियाे
FACEBOOK COMMENTS