काठमाडौं । सञ्चारिका समूहको अधिवेशनमा उम्मेदवार बनेका ४ जनालाई प्रेस चौतारी नेपालले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।
नेकपा एमाले निकट पत्रकारहरुको संस्था चौतारीले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ । आज चौतारीका महासचिव हीरामान लामाद्वारा जारी विज्ञप्तिमा चार जनालाई कारबाही गरेको उल्लेख छ ।
कारवाहीमा पर्नेमा पूर्वकेन्द्रीय सचिव लोग्सरी कुँवर, पूर्वकेन्द्रीय समिति सदस्य पवित्रा सुनार, केन्द्रीय सदस्य तारा चापागाईं र दीपा रेग्मी रहेका छन् । चार जनाले विभिन्न पदमा उम्मेद्वारी दिएका छन् ।
निर्वाचनमा अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनेका पवित्रा सुनार र लोग्सरी कुँवरलाई माओवादीनिकट प्रेस सेन्टरले समर्थन जनाएको छ ।
FACEBOOK COMMENTS