काठमाडौं । साल्ट ट्रेडिङको बोनस सेयरपछिको मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार समायोजनपछिको मूल्य ६ हजार ५७४ रुपैयाँ १७ पैसा रहेको छ । कम्पनीको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीले आगामी साधारणसभाको लागि आज मंगलबारका लागि सेयर दर्ता पुस्तिका (बुक क्लोज) गरेको छ । १ गतेसम्म कायम रहेको लगानीकर्ताले कम्पनीले घोषणा गरेको लाभांश पाउने छन् । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २० प्रतिशत बोनस र नगद ५ ुसहत २५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । यो प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । साधारणसभा कात्तिक १६ गते हुनेछ ।
FACEBOOK COMMENTS