काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ५३ हजार २ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार २८० रुपैयाँ तय भएको हो ।
FACEBOOK COMMENTS