काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ भने चाँदी स्थिर रहेको छ। आइतबार प्रतितोला तीन हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख १६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमबार चाँदीको मूल्य स्थिर छ।
आइतबार प्रतितोला पाँच हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।