काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको ४०० ले घटेर तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन तोलाको २ लाख ९८ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यभने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ५३४० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५३०० मा कारोबार भएको थियो ।