काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १६ सयले घटेर तोलाको २ लाख ७३ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने आज बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८० रुपैयाँले बढेर ४५०५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४४२५ मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS