काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलाको ७ सयले घटेर तोलाको ३ लाख २ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख २ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर ५७१० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५६९५ मा कारोबार भएको थियो ।