काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ६७ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ६८ हजार एक सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर ४९३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको यो मुल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो । यसअघि मंगलबार चाँदी तोलाको ४८८० मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS