काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५८ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो ।
शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भएको थियो । यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा चार हजार पाँच रूपैयाँमा कारोबार भएको चाँदी अइतबार चार हजार एक सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS