काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ।
शुक्रबार भने यही सुनको मूल्य तोलामा ३ लाख १४ हजार २०० रुपैयाँ थियो। यस अनुसार दुई दिनमै सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आइतबार सुनको मूल्य १० ग्रामको २ लाख ६५ हजार २६० रुपैयाँ रहेको छ।
शुक्रबार भने १० ग्राम सुनको मूल्य २ लाख ६९ हजार ३७५ रुपैयाँ थियो। यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी तोलामा ५ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार भने चाँदीको मूल्य तोलामा ५ हजार ४९५ रुपैयाँ थियो।
यो अवधिमा चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आइतबार चाँदीको मूल्य १० ग्रामको ४ हजार ५१८ रुपैयाँ कायम भएको छ। शुक्रबार १० ग्राम चाँदीको मूल्य ४ हजार ७११ रुपैयाँ थियो।
FACEBOOK COMMENTS