काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ५६ सयले बढेर तोलाको ३ लाख २० हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन तोलाको ३ लाख १४ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको २४५ रुपैयाँले बढेर तोलाको ५९८५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५७४० मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS