काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आजपनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ६० हजार ४ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको २ लाख ५९ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर ४०८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४०५५ मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS