काठमाडौं । शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ सय ३० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला ४ हजार ९८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य हिजो र आजमात्रै प्रतितोला १२ हजार ६ सय र चाँदीको मूल्य रु. ३९० रुपियाँ बढेको छ ।
सुनको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च तीन लाख ३९ हजार तीन सय रुपियाँ पुगेको थियो भने सो दिन चाँदीको मूल्य पनि हालसम्मकै उच्च ७ हजार पाँच सय पाँच रुपियाँ कायम भएको थियो ।