काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख २२ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यस अघि बिहिबार सुन तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर २७४० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार चाँदी तोलाको २६८५ मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS