काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्राइम कमर्सियल बैंकले २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा २२.५६ प्रतिशतले कम हो ।
गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ नाफा रहेको थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७८ करोड ३८ लाख रुपैयाँबाट १५.१७ प्रतिशतले बढेर ६ अर्ब ६६ करोड १३ लाख रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्ज ८९ करोड ५० लाखबाट बढेर २ अर्ब ३३ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
१९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ८० करोड ८३ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १५.३२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६४.६३ रुपैयाँ छ । बैंकको खरा बर्जा ५.६५ प्रतिशत पुगेको छ ।
FACEBOOK COMMENTS