काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको १५औं वार्षिक साधारण सभाले लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
बैंकले चुक्ता पूँजीको ४.९५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको उक्त लाभाश पारित सँगै बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड बढी हुनेछ ।
यस्तै सभाले सभाले आर्थिक बर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ ।
सभाबाट संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकमा राजेन्द्र दास श्रेष्ठ, उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण शेयरधनीहरूकोतर्फबाट सञ्चालक पदमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् ।
FACEBOOK COMMENTS