काठमाडौँ। प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७/ ०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६% का दरले रु. २५७.३२ करोड बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश(कर समायोजनार्थ समेत) दिने निर्णय गरेको छ ।
साधारण सभाले बैंकको सञ्चालक समितिको सर्वसाधारण समूहमा सञ्चालक पद –१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । बिष्ट यस अघि बैँकका सञ्चालक थिए ।
FACEBOOK COMMENTS