काठमाडौं । प्राइम कमर्शियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको ५१४औं बैठकले गत आर्थिक वर्षसम्मको कमाइबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले कर प्रयोजनसहित ९७ करोड रूपैयाँ बराबरको ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाले स्वीकृत गरेपछि ‘बुक क्लोज’ मितिसम्म कायम शेयरधनीहरूले पाउनेछन् । बैंकले पछि अलग्गै सूचनामार्फत बुक क्लोजको मिति तय गर्नेछ ।
FACEBOOK COMMENTS