काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का गरिएको छ ।
कम्पनीहरूले एक आपसमा गाभ्ने/गाभिने समझदारी सम्पन्न गरेसँगै नेप्सेले दोस्रो बजारमा भइरहेको कारोबार रोक्का गरेको हो । यी तीन वटा कम्पनीबीच वैशाख २९ गते गाभ्ने/गाभिनेसम्बन्धी समझदारी गरेका थिए ।
उक्त समझदारीअनुसार सोही दिन नेप्सेलाई पठाइएको पत्रानुसार सेयर कोरोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ । नेप्सेले आजैदेखि लागू हुने गरी सेयर कारोबार रोक्का गरेको जानकारी दिएको छ ।
यससम्बन्धी नेप्सेको निर्णय नेपाल धितोपत्र बोर्ड, बीमा समिति, सीडीएस एण्ड क्लियरिङ लिमिटेड, नेप्सेको प्रमुख कार्यकारी अधिकृत र सम्बिन्धत तीन वटै इन्स्योरेन्स कम्पनीको प्रणाली सञ्चालन शाखालाई जानकारी गराइएको बताइएको छ ।
यो पनि पढ्नुहोस्–
तीन वटा इन्स्योरेन्स कम्पनी गाभिएर साउनदेखि एकीकृत कारोबार गर्ने तयारी
FACEBOOK COMMENTS