काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव
कृष्णबहादुर राउतलगायतका पदाधिकारी बालुवाटार पुगेर प्रतिवेदन पेस गरेका हुन् । उक्त कार्यक्रममा गृहमन्त्री, कानुनमन्त्रीलगायतका मन्त्रीहरुको पनि उपस्थित रहेका थिए।
FACEBOOK COMMENTS