काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्ने प्रस्ताव गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको प्रतिज्ञा पत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक मात्र बन्न पाउने व्यवस्था ल्याउने उल्लेख गरेको हो ।
बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको पश्च’ शीर्षकको अन्तरक्रियामा सभापति गगन थापाले सङ्घ र प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनेबारे पनि प्रतिज्ञा पत्रमा उल्लेख गरिएको जानकारी दिए ।
‘प्रधानमन्त्री र मुख्यमन्त्री अब दुई/दुई पटक मात्रै बन्न पाउने हाम्रो प्रतिज्ञा पत्रमा उल्लेख छ,’ थापाले भने, ‘त्यस्तै सङ्घमा १६ र प्रदेशमा ६ मात्रै मन्त्रालय बनाउने हाम्रो प्रतिज्ञा हो । अब गठबन्धन गरेर दल मिलाउन पर्यो भनेर मन्त्रालय थप्ने व्यवस्था हामी कदापि गर्ने छैनौँ ।’
५ वर्षमा १५ लाखलाई रोजगारी, २५ सय डलर प्रतिव्यक्ति आय पुर्याउने कांग्रेसको घोषणा
नेपाली कांग्रेसले ५ वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ ।
२१ फागुनको निर्वाचनको लागि पार्टीले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा कांग्रेसले सीपको विकास र पुँजीको व्यवस्थापन गर्दै रोजागरी वृद्धि गर्ने घोषणा गरेको हो । सभापति गगन थापाले हचुवाको भरमा नभइ कार्यक्रम बनाएर रोजगार पाउने संख्या बढाउने बताएका छन् ।

‘हामीले यत्तिकै यत्तिकै होइन निर्माण, पर्यटन, कृषिमा कति सक्छौँ कार्यक्रम बनाएर जान्छौँ । सीप विकास गर्दै युवालाई स्वरोजगार, लगानी गर्न पाउने पुँजीको व्यवस्था गरेर ५ वर्षमा १५ लाख रोजगारी सिर्जना गर्छौँ’, थापाले भने । साथै कांग्रेसले प्रतिव्यक्ति आय २५ सय डलर पुर्याउने पनि बताए ।

FACEBOOK COMMENTS