काठमाडौं । चीनले नेपालको प्रधानमन्त्री नियुक्त भएकामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई दिएको छ ।
चीनको विदेश मन्त्रालयले शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रधानमन्त्री शाहलाई बधाई दिएको हो ।
“चीन प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेकामा बधाई ज्ञापन गर्दछ र परम्परागत मित्रता र व्यावहारिक सहयोगलाई अझ सुदृढ पार्न नेपालको नयाँ सरकारसँग काम गर्न तयार छ,” चीनको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।
FACEBOOK COMMENTS