काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (सोमबार) देखि शुरु भएको अमेरिकी जोनसन खोप लगाउने अभियानको अनुगमन गर्नु भएको छ । उहाँले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी केन्द्रको स्थलगत अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा सरकारको प्राथमिकता सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने भएको बताउनुभयो । उहाँले खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन समेत दिनु भएको छ ।
अमेरिकाले कोभ्याक्स कार्यक्रम मार्फत १६ लाख ३४ हजार डोज खोप नेपाललाई उपलब्ध गराएको छ । उक्त खोप काठमाडौं र ललितपुर लगायतका जिल्लामा लगाउन सुरु गरिएको छ । ५० देखि ५४ वर्षको उमेर समूहका मानिसलाई उक्र खोप लगाउन सुरु गरिएको हो । साउन ४ गते (आज) बाट ६ गतेसम्म काठमाडौं महानगरपालिकामा रहेको २८ खोप केन्द्र र जिल्लामा रहेको ५५ ओटा खोप केन्द्र उक्त खोप दिइने छ । यस्तै ललितपुर जिल्लामा साउन ४ र ५ गते मात्र उक्त खोप लगाइने छ ।
FACEBOOK COMMENTS