काठमाडौं- लगातारको वर्षापछि आएको बाढी पहिरोले सुदूरपश्चिममा ठूलो क्षति पुर्याएपछि त्यहाँको अवस्थाबारे बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा गृहप्रदेश जाने भएका छन्।
कांग्रेस नेता रमेश लेखकले सुदूरपश्चिममा भएको क्षतिबारे बुझ्न आफूलाई प्रधानमन्त्रीले बोलाएको र कुराकानीका क्रममा सुदूरपश्चिमको अवस्थाबारे बुझ्न आफू त्यहाँ जाने बताएको जानकारी दिए।
उनले बाढीपहिरोले पुर्याएको क्षतिबाट प्रधानमन्त्री साह्रै गम्भीर भएको र सुदूरपश्चिम जाने बताएको जानकारी दिएका हुन्।
आइतबारदेखि लगातार परेको बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोमा परी हालसम्म देशभर ५० जनाको मृत्यु भइसकेको छ।
FACEBOOK COMMENTS