काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच. हासमीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
शुक्रबार सिंहदरबारमा भएको भेटवार्तामा नेपाल र पाकिस्तानबीच रहँदै आएको मित्रवत् सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ विस्तार गर्दै आर्थिक, कूटनीतिक तथा विकास सहकार्यलाई अघि बढाउने विषयमा सकारात्मक विचार आदानप्रदान गरेका थिए ।
FACEBOOK COMMENTS