काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचनलगायत विषयलाई लिएर आज राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्बोधनको समय भने उल्लेख गरिएको छैन ।
गत भदौमा भएको जेनजी आन्दोलनपछि भदौ २७ मा कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए ।
कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने प्रमुख जिम्मेवारी थियो ।

FACEBOOK COMMENTS