काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय हेरफेर गर्ने तयारी गरेकी छन् । सचिवालयमा रहेका व्यक्तिहरू एकपछि अर्को विवादमा मुछिँदै गएपछि उनले सचिवालयमा हेरफेरको तयारी गरेकी हुन् ।
स्रोतका अनुसार कार्कीले प्रमुख राजनीतिक सल्लाहकार, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठसहितका व्यक्तिहरू विवादमा तानिएपछि उनीहरूलाई हेरफेर गर्ने तयारी गरेकी हुन् ।
कार्कीले सर्वोच्च अदालतमा रहँदा नै विवादित बनेका श्रेष्ठलाई सचिवालयमा नियुक्त गरेकी थिइन् ।
श्रेष्ठले केहीदिन अगाडि आफ्नी श्रीमतिसहित आफन्तलाई सचिवालयमा भर्ती गराएका थिए। उक्त प्रकरण बाहिरिएपछि सुशासन मान्ने जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी कार्कीको नैतिकतामाथि नै प्रश्न उठेको थियो।
यसपछि उनले आफ्नो सचिवालय हेरफेरको तयारी गरेकी हुन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ सर्वोच्चको पेशी व्यवस्थान शाखामा रहँदा आर्थिक लेनदेशसमेत गर्ने गरेको आरोपसमेत छ ।
FACEBOOK COMMENTS