काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । विहिबार बिहान बालुवाटारमा भएको भेटवार्ता निर्वाचन केन्द्रित भएको बताइएको छ ।
ओलीले निर्वाचनमा सामाजिक सञ्जालमा आफु केन्द्रित गालि र आलोचना भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेको समय प्रधानमन्त्री कार्कीसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
त्यस्तै प्रधानमन्त्री कार्कीले हिमाली भेगको निर्वाचन पछि गर्ने भन्ने अभिव्यक्तिप्रति पनि ओलीले असहमति प्रकट गरिसकेका छन् ।
प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ।
FACEBOOK COMMENTS