काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मंगलबार सिंहदरबारमा भएको भेटवार्ताको अवसरमा उनको साथमा उपसचिव सकेता राजा मुसिनीपाल्ली, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवलगायत सहभागी थिए ।
भेटवार्तामा महावरले आसन्न प्रतिनिधिसभा निर्वाचनमा भारत सरकारबाट हुने सहयोगको प्रतिबद्धता व्यक्त गरेको थिए ।
जेनजी आन्दोलनपछि सरकार फेरिएसँगै भारतीय विदेश मन्त्रालयबाट भएको यो उच्चस्तरीय भ्रमण हो । अतिरिक्त सचिव महावर भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने विभागका प्रमुख हुन् । उनी बुधबार स्वदेश फर्किदैछन् ।


FACEBOOK COMMENTS