काठमाडौं । पछिल्लो समय मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि उनीहरूको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्की आफैले लिएकी छन्।
आइतबार खेलकुद मन्त्री वब्लु गुप्ता, सोमबार सञ्चामन्त्री जगदीश खरेल र मंगलबार शिक्षा तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका थिए।
उनीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री कार्कीले ती मन्त्रालयको जिम्मेवारी आफैलाई तोक्न सिफारिस गरेकी थिइन्।
सोही सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ती मन्त्रालयहरूको कार्यभार तोकेको उनको कार्यालयले जानकारी दिएको छ।

FACEBOOK COMMENTS