काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार ६ बजे नेपालका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओली चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले (एससीओ) को शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए भने कैयौं महत्वपूर्ण भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीङपीङ र उपराष्टपति हान चङसँग द्विपक्षीय भेटवार्ता गरेका छन् भने रुसका राष्ट्रपति भ्लादमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक
गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथ, कम्बोडियाका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, भियतनामका प्रधानमन्त्री फाम मिन चिङ भेटवार्ता गरेका थिए ।
FACEBOOK COMMENTS