काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मू–कश्मीरमा एक जना नेपालीसहित कम्तीमा २७ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी हमलाको निन्दा गरेका छन् । साथै उनले नेपाल भारतको साथमा रहेको पनि बताएका छन् ।
आज बुधबार बिहान सामाजिक सञ्जाल एक्समा उनले मृतकहरूप्रति समवेदना प्रकट गर्दै लेखेका छन्, ‘पहलगाममा भएको आतङ्कवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना । नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ र आतङ्कवादका कुनै पनि र सबै कार्यहरूको कडा निन्दा गर्दछ ।’
उनले सो घटनामा एक नेपाली नागरिक पनि मारिएको समाचार पुष्टि गर्ने प्रयास भइरहेको बताएका छन् । ‘पीडितहरूमा एक नेपाली नागरिक रहेको रिपोर्ट प्रमाणित गर्न निकट समन्वय स्थापित गरिएको छ र आवश्यक सबै सहयोग प्रदान गरिने छ,’ ओलीले भनेका छन् ।
हिजो मङ्गलबार जम्मू–कश्मीरको पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरूलाई लक्षित गरी आतङ्कवादी आक्रमण हुँदा नेपालीसहित कम्तीमा २७ जना मारिएका छन् ।
Deepest condolences to the victims of the terrorist attack in Pahalgam.Nepal stands firmly with India & strongly condemn any & all acts of terrorism.Close coordination is established to verify reports of a Nepali national among the victims & will provide all necessary assistance.
![]()
— K P Sharma Oli (@kpsharmaoli) April 23, 2025
FACEBOOK COMMENTS