काठमाडौं । प्रधानमन्त्री पुष्पपकमल दाहाल प्रचण्डले सबै प्रकारका चिनियाँ लगानीलाई स्वागत गर्ने बताएका छन् ।
आज आयोजित नेपाल–चीन बिज्नेश फोरममा बोल्दै दाहालले चिनियाँ लगानीलाई स्वागत गर्ने बताएका हुन् ।
नेपालमा भ्रमणमा रहेका ठुला चिनियाँ लगानीकर्तालाई स्वागत गर्दै दाहालले सबै प्रकारका चिनयिा लगानिलाई स्वागत गर्ने बताए ।
दाहालले भने, ‘हाई लेवल बिजनेस टिमलाई म नेपालमा स्वागत गर्न चाहान्छु । यो ठूलो इभेन्टलाई आयोजना गर्न सहयोग गर्ने नेपाल उद्योग परिसंघलाई धन्यवाद दिन पनि चाहान्छु ।’
चीनसंग सधैं सुमधुर सम्बन्ध छ । एक चीन नीतिमा नेपालको सधैं समर्थन रहेको दाहालले बताए ।
उनले थपे, ‘विदेसी लगानी भित्र्याउन हामी सचेत छौँ । हामी विस्वास दिलाउन चाहन्छौं । सबै प्रकारको लगानी र सोको सुरक्षामा सरकार प्रतिवद्ध छ ।’
विदेशी लगानीका लागि विश्वमै धेरै कर छुट दिने देशमा नेपाल रहेको उनले बताए । उत्पादन, जलविद्युत लगायत क्षेत्रमा लगानी खोजिरहेको प्रधानमन्त्री दाहालले बताए ।
नेपालमा सबैभन्दा धेरै विदेशी लगानी चीनको रहेको छ ।
४ वर्षपछि जुटे नेपाल र चीनका उद्योगी
नेपाल र चीनका उद्योगी, व्यवसायीहरुको बैठक ४ वर्षपछि बसेको छ । सोमबार काठमाडौंको एक होटलमा दुई देशका व्यवसायीहरुको संयुक्त बैठक बसेको हो ।
बैठकमा नेपालमा नयाँ व्यपारको सम्भावना, लगानी भित्र्याउने, भइरहेका व्यपारसम्बन्धी समस्या समाधान गर्ने र सीमानाकाको समस्याका बारेमा छलफल हुनुका साथै रोकिएका प्रोजेक्टहरु सञ्चालन गर्ने बारेमा छलफल भएको नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष त्रिभुवन तुलाधरले बताए ।
नेपाल चाइना च्याम्बरका अध्यक्षसमेत रहेका उनले छलफलमा नेपालीहरुलाई भोकेसनल ट्रेनिङ दिने, व्यापारीहरुलाई चिनियाँ भाषा सिकाउन शिक्षकहरु नेपाल पठाउने, रोकिरहेको व्यापार सुचारु गर्ने, उद्योगहरु खोल्ने, नयाँ सम्भावनाहरुको खोजि गर्ने कुरामा पनि छलफल भएको बताए ।
‘यो व्यापारीहरुको बैठक हो । नेपाल र चीनकाे बैठक ४ वर्षपछि बसेको हो । यसले धेरै फरक पार्छ, नेपालमा नयाँ के-के व्यापार गर्न सकिन्छ । नेपालमा लगानी भित्र्याउने, भएको समस्या समाधान गर्ने, बोर्डरको समस्या समाधान गर्ने, पहिलादेखि रोकिएका प्रोजेक्टहरु अघि बढाउने । उद्योग वाणिज्य संघको निमन्त्रणामा आउनुभएको हो’, उनले भने ।
FACEBOOK COMMENTS