काठमाडौं । सरकारले २२ असोजमा सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड–२०७८ ल्याएको थियो।
उक्त मापदण्डमा सरकारी कामको सिलसिलामा अनुगमन तथा भ्रमणमा जाँदा कामसँग सम्बन्धित तीन जनाभन्दा बढी व्यक्ति जान नपाइने उल्लेख छ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय खाका महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रको २६औं सम्मेलनमा सहभागी हुन असम्बन्धित व्यक्तिको जम्बो टोली लगेका छन्।
१४–२६ कात्तिकमा हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा २० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार बेलायत प्रस्थान गरेका हुन्। देउवाले सम्मेलनलाई १६ कात्तिकमा सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीले नेतृत्व गरेको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी, राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, वन तथा वातावरण मन्त्रालयका सचिव प्रेम कँडेल, ऊर्जासचिव देवेन्द्र कार्की र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल छन्।
FACEBOOK COMMENTS