काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् ।
दिउसो ४ बजे हुने छलफलमा तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरू सहभागी हुने बताइएको छ ।
नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डाक्टर प्रकाश शरण महत सहभागी हुने जानकारी प्राप्त भएको छ । त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।
माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुने संयोजक प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS