• बुधबार, चैत ४, २०८२
  • English Version
  • Corporate Business Award
corporatekhabar_logo
corporatekhabar_logo
EN
बुधबार, चैत ४, २०८२
  • हाेमपेज
  • समाचार
  • कर्पोरेट
  • बिजनेस
    • अर्थनीति
    • अटोमोबाइल्स
    • शेयर बजार
  • बैंक/वित्त
  • अन्तर्वार्ता
  • प्रविधि
  • राजनीति
  • फोटो फिचर
  • खेलकुद
  • स्पेशल
  • निर्वाचन विशेष
ट्रेन्डिङ
प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डंगोल पक्राउ प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डंगोल पक्राउ
यातायात क्षेत्र बारे सर्वोच्चका फैसला कार्यान्वयन गर्न गठित आयोगले बुझायो प्रतिवेदन यातायात क्षेत्र बारे सर्वोच्चका फैसला कार्यान्वयन गर्न गठित आयोगले बुझायो...
दोहोरो नागरिकता लिने हीराधन पुन नियन्त्रणमा दोहोरो नागरिकता लिने हीराधन पुन नियन्त्रणमा
क्यासिनोमा जुवा खेल्ने खेलाउने कार्यमा संलग्न १४ जना नेपाली पक्राउ क्यासिनोमा जुवा खेल्ने खेलाउने कार्यमा संलग्न १४ जना नेपाली पक्राउ
एफएनसीसीआईमा निर्वाचन सरगर्मी : घिमिरे समूहद्वारा भड्किलो खर्चको सट्टा अर्थतन्त्रकेन्द्रित एजेण्डामा बहस एफएनसीसीआईमा निर्वाचन सरगर्मी : घिमिरे समूहद्वारा भड्किलो खर्चको सट्टा अर्थतन्त्रकेन्द्रित...

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री कर्पोरट खबर 6:13 pm, शनिबार, फाल्गुन २०, २०७९
698 Shares
दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज ‘तलव सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिएका हुन् । प्रधानमन्त्रीले भने, “तपाईहरूको प्रतिवेदनमा कर्मचारीहरूले तलबमानका साथै अर्थतन्त्रको स्थिति, चुनौती र सम्भावनाको संक्षेपमा अध्ययनसमेत रहेछ, यसले सरकारको आगामी नीतिका लागि सहयोग पुग्नेछ । शासन व्यवस्था भनेकै दण्ड र पुरस्कारको असल अभ्यास नै हो । हाम्रो कर्मचारी प्रशासनमा पनि त्यो लागू गर्नुपर्दछ ।”

कर्मचारीको सेवा सुविधा कम हुँदा एकातर्फ कार्यक्षमतामा ह्रास आउने र अर्कोतर्फ वित्तीय अराजकता पनि बढ्ने खतरा रहेको देखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने , “तलबले जीवनयापनका निम्ति पर्याप्त आधार तयार नहुँदा विदेसिनुपर्ने बाध्यता, वित्तीय अराजकता निम्तने जोखिमका उदाहरण पनि हामीकहाँ छन् । त्यसैले आजको परिस्थिति र आवश्यकता अनुसार कर्मचारीको तलबमान र सेवासुविधामा पुनर्विचार गर्न आवश्यक छ ।” उनले सरकार उच्चस्तरीय प्रशासन सुधार आयोग गठनको अन्तिम तयारीमा रहेको जानकारी दिए  । “यो प्रतिवेदनले त्यसका लागि मद्दत पुग्ने मैले देखेको छु” उनले भने, “देशका लागि कुन कुन संरचना र कति कर्मचारी आवश्यक हो त्यसको उचित अध्ययन गरेर निर्मम निर्णय लिन आवश्यक छ ।

यसो नगर्दा राज्यलाई थप भार हुने तर परिणाम नदेखिने समस्या झेलिरहनुपर्ने हुन्छ ।” सो अवसरमा प्रधानमन्त्रीले आयोगको प्रतिवेदनमा उल्लेखित नीतिगत विषयमा गृहकार्य गर्दै जाने, कानुनी विषय सङ्घीय निजामति ऐनमा नै व्यवस्था गर्ने र व्यवहारिक सुझाव तत्काल कार्यान्वयनमा लैजाने बताए । प्रतिवेदन हस्तान्तरण गर्दै आयोगका संयोजक लीलामणि पौडेलले प्रतिवेदनमा नेपालको अर्थतन्त्रको संक्षिप्त विश्लेषण, दक्षिण एसियाली मुलुकमा कर्मचारीको सेवा सुविधाको अवस्था, सेवा सुविधासम्बन्धी नयाँ प्रस्ताव रहेको जानकारी दिए । यस्तै, उपचार खर्च, बिदासम्बन्धी व्यवस्था, कर्मचारी आवाससम्बन्धी व्यवस्था, यातायात सुविधासम्बन्धी व्यवस्था र वर्तमानमा देखिएका बेथितिको नियमनसम्बन्धी व्यवस्था समेटिएको छ । प्रतिवेदनमा कर्मचारी दरबन्दीमा कटौती, एक पद एक पेन्सन नीति, दोहोरो तलब र पेन्सनको नियमन, पेन्सनबाट राज्यलाई पर्ने भारमा कटौती गर्ने विकल्प, श्रमिकहरूको न्यूनतम ज्याला निर्धारणका लागि सुझाव दिइएको छ ।

सामाजिक सुरक्षा भत्ता र राजस्व छुटसम्बन्धी नयाँ व्यवस्थाको प्रस्ताव, वैदेशिक अनुदानको परिचालनसम्बन्धी राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नियमन, कर्मचारीको कार्यविवरणको मूल्याङ्कन लगायतका विषय प्रतिवेदनमा समेटिएको उनले जानकारी दिए । पूर्व मुख्यसचिव पौडेलको संयोजक तथा बिमल वाग्ले र शिवदेव पाण्डे सदस्य रहनेगरी गठन भएको आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको थियो ।

  • नेता उपाध्यायको अवस्था गम्भीर
  • रुपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्छ : अध्यक्ष ओली

Shorts

Video Icon
नयाँ मापदण्ड

नयाँ मापदण्ड

Video Icon
काठमाडौंमा वायु प्रदूषण बढ्दै

काठमाडौंमा वायु प्रदूषण बढ्दै

Video Icon
पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति प*क्राउ

पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति प*क्राउ

Video Icon
उदयपुर सिमेन्ट उद्योगमा बालेन

उदयपुर सिमेन्ट उद्योगमा बालेन

Video Icon
जेनजी आन्दोलनका सहिद परिवारलाई

जेनजी आन्दोलनका सहिद परिवारलाई

Video Icon
सुदनले ल्याएर मन्त्री मसंग रिसाएर राजीनामा दिए : सुशिला कार्की

सुदनले ल्याएर मन्त्री मसंग रिसाएर राजीनामा दिए : सुशिला कार्की

Video Icon
झापामा मतदातालाई प्रश्न सोध्न नि#षे#ध

झापामा मतदातालाई प्रश्न सोध्न नि#षे#ध

Video Icon
बर्दिया १ मा ठाकुर सिंह थारुलाई नै किन रोज्ने ?

बर्दिया १ मा ठाकुर सिंह थारुलाई नै किन रोज्ने ?

Video Icon
थरुहट आन्दोलन

थरुहट आन्दोलन

Video Icon
हेमराज थापालाई सोध्यो सनिर्वाचन आयोगले स्पष्टिकरण

हेमराज थापालाई सोध्यो सनिर्वाचन आयोगले स्पष्टिकरण

FACEBOOK COMMENTS

RELATED NEWS

  • लोकप्रिय समाचार
  • ताजा समाचार
रास्वपाका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न, दुई दिनमा के-के भयो ?_img

रास्वपाका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न, दुई दिनमा के-के भयो ?

जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका हजार बढी कैदीबन्दी अझै फरार_img

जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका हजार बढी कैदीबन्दी अझै फरार

आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बिहीबार राष्ट्रपति पौडेललाई बुझाउने_img

आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बिहीबार राष्ट्रपति पौडेललाई बुझाउने

बागलुङमा जीप दुर्घटना, सात जना घाइते_img

बागलुङमा जीप दुर्घटना, सात जना घाइते

उत्तर कोरियामा निर्वाचन, किमजोङ उनले पाएनन शतप्रतिशत मत !_img

उत्तर कोरियामा निर्वाचन, किमजोङ उनले पाएनन शतप्रतिशत मत !

ओलीलाई समवेदना प्रकट गर्न गुन्डु पुगे डिपी अर्याल_img

ओलीलाई समवेदना प्रकट गर्न गुन्डु पुगे डिपी अर्याल

यसपटक जनताले रास्वपा रोजे, तीन महिना बोल्नु बेकार : गोकुल बास्कोटा_img

यसपटक जनताले रास्वपा रोजे, तीन महिना बोल्नु बेकार : गोकुल बास्कोटा

स्वदेश फर्किने महिला फुटबल खेलाडीलाई इरानमा स्वागत गरिने_img

स्वदेश फर्किने महिला फुटबल खेलाडीलाई इरानमा स्वागत गरिने

एभरेष्टमा दुई दिने जिआइएस तालिम प्रारम्भ_img

एभरेष्टमा दुई दिने जिआइएस तालिम प्रारम्भ

यी हुन् समानुपातिकबाट निर्वाचित ११० जना सांसद (पूर्णपाठसहित)

भ्रष्टाचार नियन्त्रणमा अख्तियारको भूमिका

एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउदै हिमालयन लाइफ

रास्वपालाई दुईतिहाइ पुर्‍याउन हामी सहयोग गर्छौँ : कमल थापा

धनुषा–१ मा रास्वपाले जित्ने सम्भावना, किशोरीलाई कालोसूचीमा नराख्न सर्वोच्चको आदेश

कमल थापाले १९०० मतका लागि खर्चिए २३ लाख !

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

ईन्धन संकटपछि पाकिस्तानमा सरकारी कर्मचारीको तलब ५ देखि ३० प्रतिशतसम्म घट्यो

नेपाल चेम्बर अफ कमर्सको ग्रीस प्रतिनिधिमा कृष्ण पोखरेल नियुक्त

ट्याग

  • दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

About

logo

Reg No. 1620/076-77

Quick Links

  • Contact
  • News
  • Business Directory
  • Our Team

Contact Us

Chabahil, Mahangkal, Kathmandu

+977-9851117013

+977-015913453

viewoncorporate@gmail.com

© Copyrights 2026 Corporate Khabar. All rights reserved. Designed & Developed by Smartway Learning Technologies

Top
corporatekhabar_logo ×
  • अटोमोबाइल्स
  • अन्तर्वार्ता
  • अर्थनीति
  • आर्टिकल
  • कर्पोरेट
  • खेलकुद
  • जीवनशैली
  • टेक्नोलोजी
  • निर्वाचन विशेष
  • पर्यटन
  • फाइनान्स
  • फोटो फिचर
  • बिजनेस
  • बैंक/वित्त
  • भिडिओ
  • मनोरञ्जन
  • राजनीति
  • रोजगार
  • विज्ञापन
  • विश्व
  • शिक्षा
  • शेयर मार्केट
  • समाचार
  • सम्पादकीय
  • स्वास्थ्य
  • हाइड्रोपावर
×
×