• बिहीबार, पुस १०, २०८२
  • English Version
corporatekhabar_logo
corporatekhabar_logo
EN
बिहीबार, पुस १०, २०८२
  • हाेमपेज
  • समाचार
  • कर्पोरेट
  • बिजनेस
    • अर्थनीति
    • अटोमोबाइल्स
    • शेयर बजार
  • बैंक/वित्त
  • अन्तर्वार्ता
  • प्रविधि
  • राजनीति
  • फोटो फिचर
  • खेलकुद
  • स्पेशल
  • निर्वाचन विशेष
ट्रेन्डिङ
बालेन सक्रिय भएपछि हर्क साम्पाङको कटाक्ष बालेन सक्रिय भएपछि हर्क साम्पाङको कटाक्ष
रुसको तापक्रम –५६ डिग्री सेल्सियस रुसको तापक्रम –५६ डिग्री सेल्सियस
बालेनलाई भेट्न पुगे बाबुराम बालेनलाई भेट्न पुगे बाबुराम
रवि बालेन भित्र छलफल गरिरहेका बेला सुदनले बाहिरबाट ढोकामा चुकुल लगाएपछि… रवि बालेन भित्र छलफल गरिरहेका बेला सुदनले बाहिरबाट ढोकामा चुकुल...
उत्तर कोरियाले आणविक शक्तिले चल्ने पनडुब्बी तिब्र गतिमा बनाउँदै उत्तर कोरियाले आणविक शक्तिले चल्ने पनडुब्बी तिब्र गतिमा बनाउँदै

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री कर्पोरट खबर 6:13 pm, शनिबार, फाल्गुन २०, २०७९
690 Shares
दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज ‘तलव सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिएका हुन् । प्रधानमन्त्रीले भने, “तपाईहरूको प्रतिवेदनमा कर्मचारीहरूले तलबमानका साथै अर्थतन्त्रको स्थिति, चुनौती र सम्भावनाको संक्षेपमा अध्ययनसमेत रहेछ, यसले सरकारको आगामी नीतिका लागि सहयोग पुग्नेछ । शासन व्यवस्था भनेकै दण्ड र पुरस्कारको असल अभ्यास नै हो । हाम्रो कर्मचारी प्रशासनमा पनि त्यो लागू गर्नुपर्दछ ।”

कर्मचारीको सेवा सुविधा कम हुँदा एकातर्फ कार्यक्षमतामा ह्रास आउने र अर्कोतर्फ वित्तीय अराजकता पनि बढ्ने खतरा रहेको देखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने , “तलबले जीवनयापनका निम्ति पर्याप्त आधार तयार नहुँदा विदेसिनुपर्ने बाध्यता, वित्तीय अराजकता निम्तने जोखिमका उदाहरण पनि हामीकहाँ छन् । त्यसैले आजको परिस्थिति र आवश्यकता अनुसार कर्मचारीको तलबमान र सेवासुविधामा पुनर्विचार गर्न आवश्यक छ ।” उनले सरकार उच्चस्तरीय प्रशासन सुधार आयोग गठनको अन्तिम तयारीमा रहेको जानकारी दिए  । “यो प्रतिवेदनले त्यसका लागि मद्दत पुग्ने मैले देखेको छु” उनले भने, “देशका लागि कुन कुन संरचना र कति कर्मचारी आवश्यक हो त्यसको उचित अध्ययन गरेर निर्मम निर्णय लिन आवश्यक छ ।

यसो नगर्दा राज्यलाई थप भार हुने तर परिणाम नदेखिने समस्या झेलिरहनुपर्ने हुन्छ ।” सो अवसरमा प्रधानमन्त्रीले आयोगको प्रतिवेदनमा उल्लेखित नीतिगत विषयमा गृहकार्य गर्दै जाने, कानुनी विषय सङ्घीय निजामति ऐनमा नै व्यवस्था गर्ने र व्यवहारिक सुझाव तत्काल कार्यान्वयनमा लैजाने बताए । प्रतिवेदन हस्तान्तरण गर्दै आयोगका संयोजक लीलामणि पौडेलले प्रतिवेदनमा नेपालको अर्थतन्त्रको संक्षिप्त विश्लेषण, दक्षिण एसियाली मुलुकमा कर्मचारीको सेवा सुविधाको अवस्था, सेवा सुविधासम्बन्धी नयाँ प्रस्ताव रहेको जानकारी दिए । यस्तै, उपचार खर्च, बिदासम्बन्धी व्यवस्था, कर्मचारी आवाससम्बन्धी व्यवस्था, यातायात सुविधासम्बन्धी व्यवस्था र वर्तमानमा देखिएका बेथितिको नियमनसम्बन्धी व्यवस्था समेटिएको छ । प्रतिवेदनमा कर्मचारी दरबन्दीमा कटौती, एक पद एक पेन्सन नीति, दोहोरो तलब र पेन्सनको नियमन, पेन्सनबाट राज्यलाई पर्ने भारमा कटौती गर्ने विकल्प, श्रमिकहरूको न्यूनतम ज्याला निर्धारणका लागि सुझाव दिइएको छ ।

सामाजिक सुरक्षा भत्ता र राजस्व छुटसम्बन्धी नयाँ व्यवस्थाको प्रस्ताव, वैदेशिक अनुदानको परिचालनसम्बन्धी राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नियमन, कर्मचारीको कार्यविवरणको मूल्याङ्कन लगायतका विषय प्रतिवेदनमा समेटिएको उनले जानकारी दिए । पूर्व मुख्यसचिव पौडेलको संयोजक तथा बिमल वाग्ले र शिवदेव पाण्डे सदस्य रहनेगरी गठन भएको आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको थियो ।

Share this:

  • Twitter
  • Facebook

  • नेता उपाध्यायको अवस्था गम्भीर
  • रुपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्छ : अध्यक्ष ओली

Shorts

Video Icon
देशको प्रधानमन्त्री बनेर गोरु जसरी काम गर्न मन छ

देशको प्रधानमन्त्री बनेर गोरु जसरी काम गर्न मन छ

Video Icon
नेपाललाई विश्वकप जिताउन मन छ : शेर मल्ल

नेपाललाई विश्वकप जिताउन मन छ : शेर मल्ल

Video Icon
हजुरआमाको ह*त्या गरेको आरोपमा नाती प*क्रा*उ

हजुरआमाको ह*त्या गरेको आरोपमा नाती प*क्रा*उ

Video Icon
रविलाई हर्कको सुझाव

रविलाई हर्कको सुझाव

Video Icon
अमेरिकाले गर्‍यो डीभी कार्यक्रम स्थगित

अमेरिकाले गर्‍यो डीभी कार्यक्रम स्थगित

Video Icon
एमालेको केन्द्रिय कमिटीको बैठकमा मोबाइल बजेपछि……

एमालेको केन्द्रिय कमिटीको बैठकमा मोबाइल बजेपछि……

Video Icon
निकिताले भनिन् दुखको एउटा अध्याय सकियो

निकिताले भनिन् दुखको एउटा अध्याय सकियो

Video Icon
५५ वर्षको उमेरमा बुवा बन्दै शेरधन राई

५५ वर्षको उमेरमा बुवा बन्दै शेरधन राई

Video Icon
अख्तियार आयोगका प्रमुख प्रेम कुमार राईलाई ध*म्की दिने प*क्रा*उ

अख्तियार आयोगका प्रमुख प्रेम कुमार राईलाई ध*म्की दिने प*क्रा*उ

Video Icon
जेन्जी घाइतेलाई आर्थीक सहयोग

जेन्जी घाइतेलाई आर्थीक सहयोग

FACEBOOK COMMENTS

RELATED NEWS

  • लोकप्रिय समाचार
  • ताजा समाचार
सिन्धुलीमा कर्फ्यु आदेश जारी_img

सिन्धुलीमा कर्फ्यु आदेश जारी

बंगलादेशमा भिडको कुटपिटबाट अर्को हिन्दु युवाको हत्या_img

बंगलादेशमा भिडको कुटपिटबाट अर्को हिन्दु युवाको हत्या

निर्धारित समयमै निर्वाचन गर्न सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री खरेल_img

निर्धारित समयमै निर्वाचन गर्न सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री खरेल

फेसियल हाउसका कर्मचारीलाई उत्प्रेरित गर्दै उर्मिलाले भनिन्– काम गरेपछि दाम र नाम आफैं आउँछ_img

फेसियल हाउसका कर्मचारीलाई उत्प्रेरित गर्दै उर्मिलाले भनिन्– काम गरेपछि दाम र नाम आफैं आउँछ

फेसियल हाउसजस्ता उद्यमशीलताले रोजगारी बढाउने काम गरेको छ : प्रकाश रायमाझी_img

फेसियल हाउसजस्ता उद्यमशीलताले रोजगारी बढाउने काम गरेको छ : प्रकाश रायमाझी

सबै नेपालीले काम गरे मात्रै आय बढ्छ : दिनेश श्रेष्ठ_img

सबै नेपालीले काम गरे मात्रै आय बढ्छ : दिनेश श्रेष्ठ

फेसियल हाउस तन्नेरी भयो, सुष्माको निरन्तरताको सम्मान गर्छु : प्रेमलाल महर्जन_img

फेसियल हाउस तन्नेरी भयो, सुष्माको निरन्तरताको सम्मान गर्छु : प्रेमलाल महर्जन

सङ्घर्ष गर्दै गयौँ, अहिले सौन्दर्य व्यवसायले उद्योगको मान्यता पाएको छ : कमला श्रेष्ठ_img

सङ्घर्ष गर्दै गयौँ, अहिले सौन्दर्य व्यवसायले उद्योगको मान्यता पाएको छ : कमला श्रेष्ठ

फेसियल हाउसले रोजगारी सृजना गर्दै महिलालाई आत्मनिर्भर बनाउन उदाहरणीय काम गरेको छ : उपसभामुख रानामगर_img

फेसियल हाउसले रोजगारी सृजना गर्दै महिलालाई आत्मनिर्भर बनाउन उदाहरणीय काम गरेको छ : उपसभामुख रानामगर

उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदका आकांक्षीहरूको चहलपहल तीव्र

स्मार्ट फोनबाट सडेको अण्डा कसरी पत्ता लगाउने ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

टी-२० विश्वकपका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २४ खेलाडी, को को परे ?

डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल नेपालको मेरुदण्ड: क्यान वरिष्ठ उपाध्यक्ष अधिकारी

इनड्राइको “इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा” अभियान सुरू,के छन् यसका विशेषता ?

पुटिनको धम्कीपछि रूसको प्रमुख युक्रेनी क्षेत्रमा आक्रमण तीव्र

अमेरिकी राष्ट्रपति ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदूत

बंगलादेशमा हिन्दू युवाको हत्याको आरोपमा सात जना पक्राउ

Corporate Khabar

ट्याग

  • दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

About

logo

Reg No. 1620/076-77

Quick Links

  • Contact
  • News
  • Business Directory
  • Our Team

Contact Us

Chabahil, Mahangkal, Kathmandu

+977-9851117013

+977-015913453

viewoncorporate@gmail.com

© Copyrights 2025 Corporate Khabar. All rights reserved. Designed & Developed by Smartway Learning Technologies

Top
corporatekhabar_logo ×
  • अटोमोबाइल्स
  • अन्तर्वार्ता
  • अर्थनीति
  • आर्टिकल
  • कर्पोरेट
  • खेलकुद
  • जीवनशैली
  • टेक्नोलोजी
  • निर्वाचन विशेष
  • पर्यटन
  • फाइनान्स
  • फोटो फिचर
  • बिजनेस
  • बैंक/वित्त
  • भिडिओ
  • मनोरञ्जन
  • राजनीति
  • रोजगार
  • विज्ञापन
  • विश्व
  • शिक्षा
  • शेयर मार्केट
  • समाचार
  • सम्पादकीय
  • स्वास्थ्य
  • हाइड्रोपावर
×
×