काठमाडौं । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आजबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
दुवै कम्पनी मर्जर भएपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार हुनेछ । दुवै कम्पनी स्वाप रेसियो १ः१ अनुपात रहेको छ । मर्जपछि दुवै कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
पुस मसान्तसम्मको वित्तीय अवस्था हेर्दा मर्जरपछि कम्पनीको जगेडा कोषको आधार ५८ करोड २२ लाख रुपैयाँको हुनेछ ।
बीमा कोषको आधार २ अर्ब ३५ करोड, बीमा शुल्क आर्जन २ अर्ब ४७ करोड रुपैयाँ हुनेछ । वार्षिक प्रति शेयर आम्दानी २१ रुपैयाँ ६३ पैसा हुनेछ ।
FACEBOOK COMMENTS