काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको कार्तिक २९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश बीमा समितिबाट स्वीकृत भएर कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
FACEBOOK COMMENTS