काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारागार प्रशासनले पटकपटक फोन गरेपछि पार्टी सभापति रवि लामिछानेको जिम्मा लिएको दाबी गरेको छ ।
मंगलबार पार्टी केन्द्रीय समितिको बैठकपछि सहप्रवक्ता प्रतिभा रावलले कारागार प्रशासनले नै सुरक्षा चुनौती देखिएको बताएपछि पार्टीका नेताहरूले सभापतिको जिम्मवारी लिएको दाबी गरेकी हुन् ।
“उहाँको सुरक्षा चुनौतीलाई लिएर कारागारबाट खबर आइसकेपछि कार्यवाहक सभापति, स्वकीय सचिवलाई, पार्टीका नेतालाई फोन आइसकेपछि जो नजिक हुनुहुन्थ्यो, उहाँहरू गएर लिएर आएको अवस्था हो,” उनले भनिन् ।
कारागारले दिएको पत्रबारे उनले नक्खु कारागारको लेटरहेडमा आएको पत्रको जवाफदेहिता कारागारले नै लिनुपर्ने बताइन् । “राज्यको निकायबाट नक्खु कारागारको लेटरहेडमा आएको पत्र छ ।
त्यसको जवाफदेहिता हाम्रो हुन्छ कि नक्खु कारागारको हुन्छ ? हामीलाई त जे दिइयो, त्यही लिएर आएको हो,” उनले भनिन् ।
FACEBOOK COMMENTS